Welcome to University of Vermont Larner College of Medicine

This is the accessibility version designed specifically for users needing extra accessibility features.
Feel free to check out the original experience here.

Larner College of Medicine

You are now on the Larner College of Medicine  stop of the UVM trail.

Tour stop audio transcript

सुरु भर्मान्ट विश्वविद्यालयको मेडिकल स्कूल " रोबर्ट लार्नर कलेज अफ मेडिसिन" मा स्वागत छ! यो कलेज बर्लिंगटनको मुटुमा अवस्थित छ, जहाँ हाम्रा विद्यार्थीहरूले सुन्दर परिवेशको आनन्द लिन साथै हाइकिङ, स्कीइङ र थप गतिविधिहरू गर्न सक्छन्। सन् १८२२ मा स्थापित, हामी देशकै सबैभन्दा पुरानो मेडिकल स्कूल र १०० माइल भित्रको सबैभन्दा ठूलो चिकित्सा केन्द्र हौं। हाम्रो मिशन भनेको चिकित्सक र बायोमेडिकल वैज्ञानिकहरूको विविध समूहलाई शिक्षित गर्नु हो। विद्यार्थीहरूले हाम्रा सार्वजनिक स्वास्थ्य अनुसन्धान परियोजनाहरू जस्ता विभिन्न पहलहरू मार्फत हाम्रो स्थानीय समुदायमा गुणस्तरीय, पहुँचयोग्य बिरामी हेरचाह प्रदान गर्न सिक्छन्। हामी तपाईंलाई हाम्रो क्याम्पसको बारेमा खोज तलास गर्न र हामी किन सक्रिय शिक्षामा अगाडि छौं भनेर जान्न आमन्त्रित गर्दछौं। यदि यो तपाइँको पहिलो भ्रमण हो भने, तपाइँलाई मद्दत गर्न यहाँ केहि सुझावहरू छन् । अर्को गन्तव्यमा जानको लागि, तपाईंको स्क्रिनको दायाँ छेउमा रहेको तीरमा थिच्नुहोस । -अथवा, यदि तपाईलाई पहिले नै थाहा छ कि तपाई कहाँ जान चाहनुहुन्छ भने, साइडबारको सूचीबाट वा सिधै तलको नक्सामा त्यो स्थान छनोट गर्नुहोस्। -र प्रत्येक स्थानमा समावेश अन्तरक्रियात्मक आइकनहरूमा क्लिक गरेर प्रत्येक गन्तव्यलाई थप विस्तारमा खोज्न सम्झनुहोस्। समाप्त